दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा


१३ पुस २०७७, सोमबार


नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस