संसद विघटन विरुद्ध सडक संघर्षमा उत्रन कांग्रेसलाई बाबुरामको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद विघटन विरुद्ध सडक संघर्षमा उत्रन कांग्रेसलाई बाबुरामको आग्रह


१२ पुस २०७७, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसद विघटन विरुद्ध सडक संघर्षमा उत्रन आग्रह गरेका छन्।

आइतबार पार्टीले काठमाडौँमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम अमर्यार्दित र अनैतिक भएकाले यसको विरोधका लागी सडक संघर्षमा उत्रनु पर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको पनि बताएका छन्। चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए।

प्रतिनिधि सभा पुनस्र्थापनाका लागि अव अदालतको झिनो भर मत्र रहेकाले अदालतलाई सुनाउन पनि संघर्ष गर्नुपर्ने उनको भनाइ छ।

‘अदालतको झिनो भरमात्रै छ। अदालतलाई सुनाउन यस्ता विरोध कार्यक्रम गर्नुपर्छ,’ उनले भने। पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोआज सडकमा पलेँटी कसेर बस्न थालेको पनि भट्टराईको भनाइ छ।

‘प्रचण्ड बल्ल जिल्ल परेर सडकमा पलेँटी कस्नुभयो। पहिले हामी चुनाव चिन्ह लिन बस्यौँ अहिले उहाँ बस्नुभएको छ। योबाट हामी खुसी भने छैनौँ,’ उनले भने।

प्रतिनिधि सभा सुचारू गर्न अहिले पनि सकिने भट्टराईले बताएका छन्। सडक संघर्षबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्न सकिने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस