बुटवल । बुटवलको कोरोना विशेष अस्पतालबाट एक कोरोना सङ्क्रमित भागेर सम्पर्कविहीन भएका छन् । आइसीयुमा उपचाररत ५५ वर्षीय सङ्क्रमित अस्पतालका कर्मचारीकै अगाडी शौचालय जान्छु भनेर सम्पर्कविहीन भएका हुन् । उनी अस्पतालकै कपडा र चप्पलसहित सम्पर्कविहीन भएका छन् ।
गत बुधवार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई आसीयूमा भर्ना गरिएको थियो । उनी सम्पर्कविहीन भएको खबर परिवारलाई पनि जानकारी गराएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका अनुसार ती पुरुष मानसिक रोगका औषधि पनि सेवन गर्दै आएको खुलेको छ । बिरामी पुरुषले शनिवार आफू ठिक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।







