भूमिहीन सुकुम्बासीलाई चैतदेखि जग्गाको पुर्जा वितरण गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भूमिहीन सुकुम्बासीलाई चैतदेखि जग्गाको पुर्जा वितरण गरिने


१२ पुस २०७७, आइतबार


काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका अनुसार आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको छ ।

पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्याङ्क सङ्कलन, जग्गाको नापजाँच गरिसक्ने र चैतबाट पुर्जा वितरण गर्ने लक्ष्य रहेको छ ।

जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः अगाडि बढाउँदै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पुर्जा वितरणको काम थालनी गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीले बताए।

‘आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ, वर्षौँदेखि भूमिहीन भएर बसेकाको टाउकोमा बञ्चरो हान्ने काम हुँदैन’, अध्यक्ष ज्ञवालीले भने ‘आयोगलाई असफल हुन दिने छैन, यसका लागि कसैले बाधा पार्नु हुँदैन ।’

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस