प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिलामन्त्री आङ्वो बर्खास्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिलामन्त्री आङ्वो बर्खास्त


११ पुस २०७७, शनिबार


विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको भन्दै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपालको गरी दुई समूहमा विभाजित भएको छ ।

प्रदेश १ मा प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् ।

स्रोतका अनुशार दाहाल-नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरे संगै मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई संविधानको धारा १६९ को(२) (ख) बमोजिम बर्खास्त गरेका हुन् ।

आङ्बोले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ वर्ष १० महिना काम गर्ने अवसर दिएकोमा मुख्यमन्त्री शेरधन राईलाई फेसबुकमा धन्यवाद दिएका छन् ।

प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मा.मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु…

Posted by Indra Angbo Mausam on Saturday, December 26, 2020

Tags :
प्रतिक्रिया दिनुहोस