गृहमन्त्री बादल झुक्किएर ओली समूहमा गएको अध्यक्ष दाहालको टिप्पणी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री बादल झुक्किएर ओली समूहमा गएको अध्यक्ष दाहालको टिप्पणी


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे । प्रचण्डले भने, ‘बादलजीले हाम्रोमा आएर गर्न तयार पारेको भाषण झुक्किएर उता गर्नुभएछ । उहाँ यतै आउनुपर्छ ।’

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका अध्यक्ष दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको पनि बताएका छन् ।

तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको उनले बताए । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस