‘हामी यहाँ छौँ’ भन्दै प्लेकार्डसहित दाहाल-नेपाल समुह सडक संघर्षमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘हामी यहाँ छौँ’ भन्दै प्लेकार्डसहित दाहाल-नेपाल समुह सडक संघर्षमा


१० पुस २०७७, शुक्रबार


काठमाडौँ। संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समुहले आजबाट सडक संघर्ष चर्काउने भएको छ । दाहाल-नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता-कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला दाहाल-नेपाल समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन-मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस