ओली समूहको बैठक सुरु, गृहमन्त्री बादल पनि सहभागी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ओली समूहको बैठक सुरु, गृहमन्त्री बादल पनि सहभागी


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनी यसअघिको कुनै पनि समूहको बैठकमा अनुपस्थित थिए । बादल ११ बजे नै बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दियो । ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस