राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले टी टेन लिग खेल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले टी टेन लिग खेल्ने


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् । युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् । सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् ।

उनीहरु पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् । सोमपालले यसअघि समेत विदेशी फ्रेन्चाईज टिममा सहभागी भएका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागीता जनाईसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस