बेलायतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलायतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन


८ पुस २०७७, बुधबार


काठमाडौँ । सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट नेपाल आउने सबैलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अपिल गरेको छ।

साथै, नेपाल प्रवेश गरेको मितिबाट ७ दिनदेखि १० दिनभित्र नजिकको सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।त्यसरी परीक्षण गर्न जाने सबै व्यक्तिहरूको निशुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस