संसद विघटनविरुद्धका यी १२ वटा रिटमाथि एकसाथ सुनुवाइ हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद विघटनविरुद्धका यी १२ वटा रिटमाथि एकसाथ सुनुवाइ हुँदै


८ पुस २०७७, बुधबार


High Court_Sarbocha adalat

काठमाडौँ । संसद् विघटनविरुद्ध परेका १२ वटा रिट निवेदनहरुको सुनुवाइ आज एकै साथ हुँदै छ । नेकपाका सांसदहरुले दायर गरेका एक दर्जन रिट निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ ।

रिट दायर गर्नेहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडा छन् ।

प्रधानन्यायाधीशको एकल इजलासमा आज सुनुवाइ हुने रिट निवेदनको सूची

मुद्दा नम्बर                                   पक्ष/विपक्ष

१. 077-WO-0523 कंचनकृष्ण न्यौपाने / राष्ट्रपति कार्यालय काठमाडौं समेत

२. 077-WO-0524 समृत खरेल समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

३. 077-WO-0525 अधिवक्ता लोकेन्द्र ओली समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

४. 077-WO-0526 अधिवक्ता ज्ञानेन्द्रराज आरण समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

५. 077-WO-0527 अधिवक्ता शालिकराम सापकोटा समेत / प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत

६. 077-WO-0528 अधिवक्ता कलम बहादुर खत्री / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

७. 077-WO-0529 अधिवक्ता मनिराम उपाध्याय / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

८. 077-WO-0530 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

९. 077-WO-0531 अधिवक्ता अमिता गौतम पौडेल समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत

१०. 077-WO-0532 अधिवक्ता दिपक राइ समेत /राष्ट्रपतिको कार्यालय शितल निवास काठमाडौ समेत

११. 077-WO-0536 अधिवक्ता तुलसी सिंखडा / राष्ट्रपतिको कार्यालय शितल निवास काठमाडौ समेत

१२. 077-WO-0538 ने.का.पा.संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङ समेत / राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाडौं समेत

 

Tags :
प्रतिक्रिया दिनुहोस