राष्ट्रपति भेट्न चिनियाँ राजदूत शितलनिवासमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भेट्न चिनियाँ राजदूत शितलनिवासमा


७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले जानकारी गराएको छ ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।

कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत समय मागेको मन्त्रालय स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपामा विवाद बढ्दा यसअघिका घटनामा निकै सक्रियता देखाउने गरेकी राजदूत यान्छी यस पटकको विवादमा भने भेटघाटमा सक्रिय भइनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस