ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु


प्रशासन संवाददाता

६ पुस २०७७, सोमबार


तम्घास । गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए ।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा इस्मा गाउँपालिका–२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन् ।

उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस