मन्त्रीबाट राजीनामा दिए लगत्तै क्वार्टर छाडेर वर्षमान पुन डेरामा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मन्त्रीबाट राजीनामा दिए लगत्तै क्वार्टर छाडेर वर्षमान पुन डेरामा


५ पुस २०७७, आइतबार


काठमाडौँ । ऊर्जा मन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको जानकारी दिए ।

राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम भइरहेको छ । लगभग सबै सामान आजै सारिसकिने र आजै देखि क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्ने भट्टले बताए । मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस