२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो सोचमा पनि नआउने कुरा कसरी भयो ? -प्रेम कुमार राई

अ+ अ-

काठमाडौँ । पूर्वगृह सचिव तथा नवनियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्नो नामबाट खोलिएको ट्वीटर एकाउन्टमा गरिएका पोस्टप्रति आपत्ति जनाएका छन् ।

राईले अहिलेसम्म आफूले ट्विटर एकाउन्ट नै नखोलिएको र निकृष्ट किसिमले सोचमा समेत नआउने कुराहरू पोस्ट गरेर भ्रम फैलाउन खोजेको बताएका हुन् ।

‘मेरो फोटो राखेर निकृष्ट किसिमले मेरो सोचमा पनि नआउने कुराहरू हालेको छ’ प्रशासन सिंहदरबार विशेष ब्युरोसँग कुरा गर्दै राईले भने, ‘त्यसमा लेखिएका कुरा सरासर झुट हुन् ।’

नकारात्मक सोच भएका व्यक्तिले भड्काउनका लागि आफ्नो नामको नक्कली आइडी बनाएर जथाभाबी पोस्ट गरेको उनले बताए । उनले नक्कली आइडी बनाएर जथाभावी पोष्ट गर्नेलाई कानुनी कारबाही गर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।

नवनियुक्त प्रमुख आयुक्त राईले आफ्नो फेसबुकसमेत सञ्चालनमा नरहेको बताएका छन् । ‘फेसबुक एकाउन्टसम्म खोलेको थिए, त्यो पनि उहिल्यै बन्द गरिसकेको हो’ उनले भने ।

राईलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको समाचार बाहिरिएसँगै ‘प्रेम कुमार राइ’ नामबाट तीन वटा ट्वीट भए । जुन आइडीले एक जनालाई मात्र फलो गरेको छ– प्रधानमन्त्री केपी शर्मा ओली।

उक्त आइडीमा सुरुमा लेखियो -‘जुन सुकै क्षेत्रमा जो कोही भ्रष्टाचारी होस ,कारबाही प्रक्रिया बढाएर सजाय को भागिदार हुनेछ भन्ने ग्यारेन्टी आज म दिन चाहन्छु । मेरा हात खुट्टा काँप्ने छैनन्। धन्यवाद प्रधानमन्त्री ज्यु । मलाइ योग्य ठानिदिनु भएकोमा ।’ यो ट्विटमा एक सय १८ रि-ट्वीट गरेका छन् भने ६ सय १३ जनाले लाईक गरेका छन् ।

त्यसपछि दोस्रो ट्वीटमा लेखियो -‘मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्ट को भ्रष्टाचारको फाइल र ललिता निवास जग्गा को फाइल खोल्ने हुनेछ ।’

र केही समय पछि पुनः ट्वीट गरियो -‘खानेपानी मन्त्राल मा पनि चरम भ्रष्टाचार छ भनेर एक जना त्यहीँको सचिवले भनेको सुनेको थिएँ, मेरो नजर त्यता पनि छ ।’

प्रेम कुमार राईको नाम नै अशुद्ध लेखिनु र तल्लोस्तरको स्ट्याटसबाटै यो आइडी नक्कली भएको थाहा हुन्छ ।

यस्तो छ राईको नाममा खोलिएको नक्कली ट्वीटर आइडी र त्यसमा भएका पोष्टहरु

प्रतिक्रिया दिनुहोस