प्रधानमन्त्रीले बोलाए सबै सुरक्षा निकायका प्रमुख, बदलिँदो परिस्थितिबारे छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बोलाए सबै सुरक्षा निकायका प्रमुख, बदलिँदो परिस्थितिबारे छलफल


५ पुस २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका छन् ।

आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन्

सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए । संसद् भङ्ग गरेसँगै भएको निर्देशनमा बदलिँएको परिस्थितिका बारेमा छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार आइपर्न सक्ने सबै परिस्थितिको मूल्याङ्कन गरी चालिने आवश्यक कदमका बारेमा तयार रहन निर्देशन भएको छ ।

आइतबार बिहान मात्रै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्‌बाट प्रतिनिधि सभाको विघटनको सिफारिस गरेसँगै त्यसको केही समयपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध प्रदर्शन भईरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस