अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस


५ पुस २०७७, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो। अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ।

‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस