खुमलटारमा नेपाल–प्रचण्ड समूहको छलफल, स्थायी कमिटीबाट ओलीमाथि कारबाही गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खुमलटारमा नेपाल–प्रचण्ड समूहको छलफल, स्थायी कमिटीबाट ओलीमाथि कारबाही गर्ने तयारी


५ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले प्रचण्ड निवास खुमलटारमा छलफल सुरु गरेका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेलगतै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु खुमलटार पुगेका छन्।

प्रचण्डले भेलापछि संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

प्रचण्ड–नेपाल समूहका नेताहरुले स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने तयारी गरेको छ। आजै १ बजेका लागि स्थायी कमिटी बैठक तय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस