बैतडीमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बैतडीमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु


प्रशासन संवाददाता

५ पुस २०७७, आइतबार


काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय अमृत चौधरी सामान्य घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

साघुँरो र कच्ची सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Tags :
प्रतिक्रिया दिनुहोस