प्रधानमन्त्री ओली शीतल निवासमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली शीतल निवासमा


४ पुस २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

शनिवार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पसेका हुन् । आजै दिउँसो उनी पुलचोकस्थित गृहमन्त्री रामबहादुर थापा निवास पुगेर केही मन्त्रीहरुलाईसमेत भेटेर आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस