२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मागअनुसार विपद् कोषमा रु १५ लाखसम्म पठाइने

अ+ अ-

काठमाडौँ । शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ । त्यसरी रकम प्राप्त गर्ने जिल्लामा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कपिलवस्तु रहेका छन् । बाँकी तराईका अन्य जिल्ला र भित्री मधेशका ११ जिल्लामा रु १० लाखका दरले रकम उपलब्ध हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार २१ हिमाली जिल्लाका लागि रु सात लाख र बाँकी ३४ पहाडी जिल्लाका लागि रु पाँच लाखका दरले रकम उपलब्ध गराइने उनले जानकारी दिए । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार जिल्लाबाट माग भएमा उक्त रकम केन्द्रबाट जिल्लास्थित विपद् कोषमा पठाइने छ, जिल्लास्थित विपद् कोषमा रकम भएको खण्डमा त्यसैबाट पनि परिचालन गर्न सकिन्छ’, गौतमले भने ।

सरकारबाट स्वीकृत भएको ‘शीतलहर तथा चिसो प्रभावित विपन्न समुदायको पहिचान तथा राहतसम्बन्धी मापदण्ड २०६९’ अनुसार उक्त रकमबाट कम्बल, दाउरा, हिटर, न्यानो कपडाजस्ता राहत सामग्री आवश्यक पर्दा तत्काल उपलब्ध गराइनेछ । कार्यक्रम कार्यान्वयन गर्दा भने प्रदेश सरकारसँग समन्वय गरी दोहोरो नपारी गर्नुपर्ने छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले चिसो मौसममा ज्येष्ठ नगरिक, बिरामी, बालबालिका, सुत्केरी, तथा गर्भवती, घरबारविहीन तथा अतिविपन्न वर्ग र विपद् प्रभावितलाई बढी असर पर्ने भएकाले उक्त समूहलाई विशेष सम्बोधन हुनेगरी कार्यक्रम सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशनसमेत दिएको छ ।

यसअघि बसेको समितिको बैठकले भविष्यमा हुनसक्ने ठूला विपद्का समयमा राष्ट्रले अपनाउनुपर्ने अध्यागमन, भन्सार र क्वारेन्टिनसम्बन्धी मापदण्ड तथा कार्यविधि अद्यावधिक गरी पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ । गृहमन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस