खुमलटारबाट फर्किएर गृह मन्त्रीलाई भेट्न पुल्चोक पुगे प्रधानमन्त्री ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

खुमलटारबाट फर्किएर गृह मन्त्रीलाई भेट्न पुल्चोक पुगे प्रधानमन्त्री ओली


४ पुस २०७७, शनिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न पुल्चोक  पुगेका छन् ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुल्चोक गएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए । दाहाल निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमा पनि सहभागी थए ।

अध्यक्षद्धय ओली र दाहालबीच के के कुराकानी भयो, भन्ने कुरा खुलाईएको छैन् । तर, उनीहरुबीच पार्टी विवादमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बीच केहीबेर कुराकानी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस