लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित


एजेन्सी

३ पुस २०७७, शुक्रबार


काठमाडौँ । जर्मन बुन्डेस लिगा क्लब वायर्न म्युनिखका खेलाडी पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्ड जित्दै लेवान्डोस्की विश्वकै उत्कृषट खेलाडी घोषित भएका हुन् ।

लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गर्न सफल भए । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सूची सार्वजनिक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

३२ वर्षीय फरवार्डले नयाँ सिजनसमेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेस लिगामा २५० गोल गरेका छन् । लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाइरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो । लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाइरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।

लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन इङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । उनले गत सिजन लियोनमा बिताएकी थिईन् । उनले गत सिजन लियोनबाट चार उपाधि जितेकी थिइन् । म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस