ओली-प्रचण्ड बिच भेटबार्ता, संवैधानिक परिषदको बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली-प्रचण्ड बिच भेटबार्ता, संवैधानिक परिषदको बैठक स्थगित


२ पुस २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा संवैधानिक परिषद बैठक प्रति आपत्ति जनाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले प्रशासनलाई जानकारी दियो। अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे परिषदको बैठक बोलाएका थिए ।

यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस