श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने


२ पुस २०७७, बिहिबार


काठमाडौँ । श्रीराम सुगर मिलले शुक्रबारदेखी उखु किसानको बक्यौता रकम किसानको खातामा पठाउने भएको छ ।

सबैभन्दा धेरै भुक्तानी रकम बाँकी रहेको सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरिसकेको र भोली देखी किसानको खातामा पठाउने व्यवस्था मिलाएको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

बिहिबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् ।

श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।

उखु किसानहरु आफुले उधोगीबाट पाउनुपर्ने बक्यौता रकम असुल गरिदिन माग गर्दै गत मंसिर २८ गते देखी काठमाडौँको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस