अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक


एजेन्सी

२ पुस २०७७, बिहिबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक भएको छ । राष्ट्रपति ट्रम्पको ट्विटर पासवर्ड अनुमानकै भरमा ह्याक भएको त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनको ट्विटर पासवर्ड”maga2020!”थियो ।

नेदरल्यान्डको एक ह्याकरले ट्रम्पको पासवर्ड ह्याक गरेको बताइएको छ । तर ‘नैतिकतापूर्वक काम गरेकाले’ नेदरल्यान्ड्समा भिक्टर गेभर्सलाई कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरुको भनाइ रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरु सार्वजनिक गरेको थिए । त्यतिवेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो । ट्विटरले पनि त्यस्तो दाबी नगर्ने कुनै प्रमाण नभएको बताएको थियो ।

गेभर्सले साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्। उनी २२ वर्षदेखि साइबर सुरक्षाको क्षेत्रमा कार्यरत छन् ।

उनले ‘यो मेरो मात्र कामको कुरा होइन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो’ भने ।

उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेला बेला निगरानी गर्ने गरेको बताए । त्यहीँ क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनले बताए ।

डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन्।

झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस