२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्षद्वयको सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिनेबारे भएको सहमति स्थायी कमिटीको बैठकले सर्वसम्मत निर्णय गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संवैधानिक आयोगका पदमा सहमतिमा मात्र टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते र सो दिनका लागि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठकलाई पुस १० मा सारेको छ । बैठकले उखु किसान आन्दोलनलाई वार्ताबाट समाधान गरी पीडितलाई न्याय दिन सरकारलाई आग्रह गरेको छ ।

यसअघि बैठकमा पेश भएका प्रस्ताव आगामी बैठकमा छलफल हुने पनि जनाइएको छ । स्थायी कमिटीका अधिकांश सदस्य पार्टीलाई विभाजनको स्थितिमा लान वा बैठकमा कुनै प्रस्तावबारे मतदानका आधारमा निर्णय गर्न अनिच्छुक देखिएपछि शीर्ष नेतालाई सहमतिमा निकास खोज्न दबाब परेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावपत्रका सम्बन्धमा हालसम्म कार्यसूची बनाएर छलफल हुन सकेको थिएन । यसअघि भदौ २६ गतेको स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको कार्यविभाजनाका साथै अन्तरविरोधलाई हल गर्ने निर्णय गरे पनि त्यसपछि उत्पन्न विवादबारे पार्टीमा बहस हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस