ओली नआएपछि स्थायी कमिटी बैठक प्रभावित, दुई अध्यक्ष पुन: छलफलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली नआएपछि स्थायी कमिटी बैठक प्रभावित, दुई अध्यक्ष पुन: छलफलमा


१ पुस २०७७, बुधबार


काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो १ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा उपस्थित नभएपछि बैठक प्रभावित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेको हो ।

बरु सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः छलफल सुरु भएको छ। यसअघि आजै दुई अध्यक्षबीच एक्ला एक्लै छलफल भएको थियो । दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिवसहित दुई अध्यक्षबीच छलफल सुरु भएको बताए । प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस