१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


१ पुस २०७७, बुधबार


समायोजन

काठमाडौँ । सरकारले १० जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत सहसचिवलाई सरुवा गरेको हो ।

प्रशासन सिँहदरवार विशेष ब्युरो स्रोतलाई प्राप्त जानकारी अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरुङ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

स्रोतका अनुसार प्रदेश नम्बर ३ का मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गृह मन्त्रालयका नारायण भट्टलाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस