राष्ट्रसेवक कर्मचारीलाई गृहसचिव न्यौपानेको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रसेवक कर्मचारीलाई गृहसचिव न्यौपानेको निर्देशन


प्रशासन संवाददाता

१ पुस २०७७, बुधबार


चितवन । गृहसचिव महेश्वर न्यौपानेले उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिन्टारको मंगलवार निरीक्षण अनुगमनका क्रममा उनले राष्ट्रसेवक कर्मचारीले विपद्मा पुर्याएको योगदानको कदर गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन्। उनले भने ‘उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निभाउनुहोस् ।’

शिक्षालयको भ्रमणका क्रममा नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।

भ्रमणका क्रममा दुर्घटनामा परेकालाई उदार गर्ने कला प्रस्तुत गरिएको थियो । सो अवसरमा उद्धारमा प्रयोग गरिने उपकरण र ट्रमा अस्पतालको पनि सचिव न्यौपानेले निरीक्षणगरेका थिए । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालीदास धौवजीले शिक्षालयको गतिविधिबारे संक्षिप्त जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस