उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु आइतबारदेखी काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत छन् । उखु किसानहरुको समस्या समाधान गर्न बसेको बैठकले बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न निदेर्शन दिएका हुन् ।

प्रवक्ता बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस