आज संवैधानिक परिषदको बैठक बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज संवैधानिक परिषदको बैठक बस्दै


प्रशासन संवाददाता

३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजे बलाईएको छ ।

यस अघि आइतबार बोलाइएको बैठक आवश्यक गणपुरक संख्या नपुगेर स्थगित गरिएको थियो । बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतको अनुपस्थितिले गर्दा बैठक बस्न सकेको थिएन । देउवाले भने सोमकार सरकारविरोधी प्रदर्शन गर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।

हाल संवैधानिक आयोगहरुमा अधिकांश पदहरु रिक्त रहेका छन् । सकार बनेको तीन वर्ष पुगिसक्दा पनि संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्र हुन सकेका छैनन् ।

अख्तियार दुरुपयिोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतमा ४५ जना पदाधिकारीहरुको पद रिक्त रहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असन्तुष्टि जनाएका छन् ।

पुष १ गते नेकपाको पार्टी स्थायी कमिटी बैठक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस