प्रिमियर लिग फुटबल : बराबरीमा रोकियो टोटेनहम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रिमियर लिग फुटबल : बराबरीमा रोकियो टोटेनहम


२९ मंसिर २०७७, सोमबार


काठमाडौँ । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटेनहमले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको हो ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । उपाधि दावेदार टोटेनहमका लागि खेलको २३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा बराबरी खेल्नु परेको हो ।

खेलको ८१ औं मिनेटमा क्रिस्टलका लागि जेफिरे स्हुपले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । बराबरीसँगै टोटेनहम लिगमा १२ खेलबाट २५ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । क्रिस्टल १७ अंकसहित तालिकाको ११ औं स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस