१३ वर्षीय बालिका करणीको आरोपमा एक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१३ वर्षीय बालिका करणीको आरोपमा एक पक्राउ


२८ मंसिर २०७७, आइतबार


दमौली । शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जबरर्जस्ती करणी गरेको शनिबार प्रहरीमा उजूरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘बालिकालाई जबरर्जस्ती करणी गरेको उजूरीका आधारमा प्रहरीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ’, तिमिल्सिनाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस