नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद  « प्रशासन
prasaLogo
२६ मंसिर २०७७, शुक्रबार

नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद 


प्रकाशित मिति : 11 December, 2020 1:18 pm

बलेवा । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेकमा छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् ।

झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए । पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए । स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गरेका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस