मणि राम गेलाल सचिवमा बढुवा « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

मणि राम गेलाल सचिवमा बढुवा


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सरकारले सहसचिव मणि राम गेलाललाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका इन्जिनियर गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

गेलाल सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रूपमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस