सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आज सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सह सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

आज सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये गेलाल सहरी विकास तथा भवन निर्माण विभाग र शाक्य रेल विभागका महानिर्देशक हुन् भने तिवारी प्रदेश नम्बर ५ स्थित भौतिक पूर्वाधार मन्त्रालयका सचिवको रुपमा कार्यरत छन् । नेतृत्व क्षमता, निर्णायक क्षमता र उपयुक्त लागेको व्यक्तिलाई सरकारले सचिव बनाउने निर्णय गर्न सक्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस