२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयमा भद्दा मजाक !

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयको वेबसाइटमा प्रवक्ता तथा सूचना अधिकारीका रूपमा सहसचिव रामेश्वर दंगालको नाम देखेपछि प्रशासन डटकमबाट एक समाचारका लागि पत्रकारले फोन डायल गर्दा फोन अर्कैले उठाउँछन् ।

वेबसाइटमा राखिएको ०१-४२००५३७ मा फोन गर्दा अर्को नम्बरमा गर्नुस् भन्दै ०१-४२११८६७ दिन्छन् ।

यो नम्बरमा फोन गर्दा एक जना कसैले फोन उठाउँछन् । प्रवक्ताको नम्बर हो कि भन्ने सवालमा हो भन्ने जवाफ मिल्छ र एक पटक फोन दिनुस् न केही कुरा गर्नु थियो भन्दा प्रवक्ता कार्यकक्षमा नभएको बताउँछन् । त्यसो भए उहाँको मोबाइल नम्बर दिनुस् न भन्दा उनले छैन भन्ने जवाफ दिन्छन् ।

तपाई त्यही शाखाको फोन उठाउने कर्मचारीलाई प्रवक्ताको नम्बर छैन ? भनेर प्रश्न गरेपछि उनले तपाई कहाँबाट भनेर सोध्छन् । त्यसपछि उनले तपाईँ को हो भनी सोध्छन् र नाम भनेपछि खितिति हाँस्छन् र फोन राख्छन् । त्यसपछि पटक पटक फोन गर्दा पनि त्यो नम्बरमा फोन उठ्दैन ।

देखाउनकै लागि भए पनि प्रवक्ता तथा सूचना अधिकारी तोक्ने तर गलत नम्बर राख्ने, प्रत्यक्ष सम्पर्क हुने मोबाइल नम्बर नराख्ने चारतिर फोन गरेर भेट्टाएको ल्याण्डलाईनमा सोध्दा यस किसिमका भद्दा मजाक गरिदिने यो मन्त्रालयको गैह्र जिम्मेवारी भएन र !

केही दिन अघि मात्रै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड सार्वजनिक गरेको अर्थ मन्त्रालयले आफ्नै वेबसाइटमा प्रवक्ताको फोन नम्बरसमेत अपडेट नसकेको मात्रै छैन कि कर्मचारीमा फोन रिसिभ गर्ने सोमत देखिएन ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारस्थित अर्थ मन्त्रालयमा जिम्मेवार अधिकारीको सचिवालय, जसले मुलुकको समग्र सार्वजनिक क्षेत्रलाई मितव्ययी बनाउन नेतृत्व गर्छ त्यही यो अवस्था त लाजमर्दो भएन र !

यसबारे बुझ्न मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना र रामशरण पुडासैनी दुवैले फोन उठाएनन् ।

सार्वजनिक सरोकारका विषयमा जनताले सूचना पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्था अनुसार हरेक नागरिकले सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भन्ने व्यवस्था छ । मन्त्रालयका कर्मचारीले गरेको यस्तो हर्कतले नागरिकको यस अधिकारको पनि खिल्ली उडाएको देखिन्छ ।आगामी दिनमा अर्थ मन्त्रालयले नागरिकलाई सही सूचना दिन वेबसाइटमै सही सम्पर्क फोन नम्बर, सही नाम, सही मोबाइल नम्बर, र सही इमेल ठेगाना अपडेट गरोस् । र, कार्यालयमा भद्दा मजाक गर्ने कर्मचारीको पहिचान गरी फोनमा गरिने व्यवहार सिकाइयोस् ।

घटना सामान्यजस्तो लागेपनि संघीय सरकारको अर्थ मन्त्रालयमा यस्तो किसिमको हर्कत …..लाई भन्दा देख्नेलाई लाज जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस