इटालियन लेजेण्ड पाउलो रोसीको निधन : जसले जितेका थिए विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इटालियन लेजेण्ड पाउलो रोसीको निधन : जसले जितेका थिए विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक


एजेन्सी

२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । रोसीको निधन भएको उनले काम गरेको आरएआई टीभीले जानकारी गराएको छ ।

युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए । सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि पनि उनलाई सम्झिइन्छ ।

इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए ।

रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरेका थिए । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते । उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस