काठमाडौँ । पत्रकारहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत
गुरुङले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।
यससँगै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ र त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ । विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।