बिहीबारदेखि सदर चिडियाखाना खुल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिहीबारदेखि सदर चिडियाखाना खुल्ने


२४ मंसिर २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखीमका कारण गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिलेको तुलनामा चिडियाखाना अवलोकनर्ताका लागि नियमा थप कडाई गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार चिडियाखाना जानको लागि बुधबारदेखि नै अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।

चिडियाखाना व्यवस्थापनले यसअघि नै मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० जनासम्मलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खाना खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार पारेर चिडियाखाना खोल्न प्रस्ताव गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस