छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन


२४ मंसिर २०७७, बुधबार


काठमाडौँ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो ।

मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान भनिएको छ ।

मन्त्रालयले आजको दिनदेखि चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस