सेयर बजार परिसूचक नेप्से ७२ अंकले बढ्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सेयर बजार परिसूचक नेप्से ७२ अंकले बढ्यो


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर कारोबार परिसूचक नेप्से ७२.२८ अंकले बढेर दुई हजार ४.३९ अंकमा पुगेको छ ।

आइतबार एक सय २३ अंकले नेप्से परिसूचक घटेको थियो । नेप्से परिसूचक बढे पनि आइतबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । तर, कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।

आइतबार एक सय ९७ कम्पनीको सात अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । आज दुई सय ६ कम्पनीका ६ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

६० हजार ५५ वटा कारोबारबाट एक करोड १९ लाख २० हजार आठ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह ६.०४ प्रतिशतले बढेको छ । यसैगरी बैंकिङ २.२३, होटेल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त ४.३ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस