कतार प्रहरीको रोजगारीमा जान राहदानी र रकम बुझाएकालाई विभागमा सम्पर्क गर्न आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कतार प्रहरीको रोजगारीमा जान राहदानी र रकम बुझाएकालाई विभागमा सम्पर्क गर्न आग्रह


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारीमा जाने भनी राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

रोजगारीका लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना अवैद्य रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा केही म्यानपावरहरुमाथि अनुगमनका क्रममा कारबाही भएकाले म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो ।

विभागबाट अनुगमनमा खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल प्राली र डीडी ह्युमन रिर्सोस प्रालीमा अनुगमन गर्दा विभागको पूर्व स्वीकृतिबिना अन्तर्वार्ता लिएको पाइएकाले ती संस्थामाथि छानविन भइरहेको विभागले जनाएको छ ।

यी म्यानपावर तथा म्यानपावरसँग सम्बन्धित व्यक्तिलाई कतार प्रहरीमा जानको लागि भनेर आफ्नो कागजात तथा रकम बुझाएको भए तीस दिन अर्थात् पुष २१ गतेभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ ।

उजुरी वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा विभागको अनुगमन शाखाको इमेल ठेगाना mयलष्तयचष्लन२मयाभ।नयख।लउ मा समेत मेल गरेर उजुरी दिन सकिनेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस