२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अ+ अ-

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो ।

उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका बताइएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएका आइतबार जानकारी गराएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् ।

सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारबाही गरेको हो । उक्त जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैनन् ।

प्रतिक्रिया दिनुहोस