२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियाबाट ‘देउन दिलमा दरबन्दी’

अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् ।

विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा खिचेको म्युजिक भिडियो अष्ट्रेलियाबाटै ‘मिलअमु फिल्मस्’ मार्फत सार्वजनिक गरेका हुन् ।

देवल भण्डारीको शब्द, अस्मिता अधिकारी र उमेश खत्रीको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ । युवायुवतीबीचको प्रेम र आकर्षणलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको म्युजिक भिडियोमा मिलन र अमुदाको आकर्षक नृत्य देख्न सकिन्छ ।

राष्ट्रिय समाचार समितिका पत्रकार रमेश मिश्र तथा उहाँकी पत्नी शोभा मिश्र उत्पादक रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायाङ्कन, केशवराज भट्टले कोरियोग्राफी, विकास दाहालले सम्पादन र प्रकाश धितालले निर्देशन गरेका छन् ।

यसअघि पनि मिलनले अष्ट्रेलियाको ब्रिजवेनमा रहेको पगोडा क्रियसन प्रडक्सन हाउसले निर्माण गरेको म्युजिक भिडियोमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन् । इन्द्र आरपी र नीलिमा थापामगरको स्वर रहेको उक्त म्युजिक भिडियोले चर्चा पाएपछि मिश्रले धमाधम म्युजिक भिडियोमा अभिनय गर्न थालेका हुन् । नेपाली सिने जगत्मा आफ्नो स्थान बनाउन अष्ट्रेलिया रहँदा पनि सङ्घर्षशील मिश्रले यसअघि थुप्रै ‘सर्ट’ फिल्मदेखि चर्चित गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय एवं नृत्य कला देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस