कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन


१८ मंसिर २०७७, बिहिबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना बिमाको रकम भुक्तानी तीन दिन भित्र गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरूको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

हाल कुन–कुन बिमा कम्पनीमा कति सङ्ख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणको लागि पहल गर्नुपर्ने विषय के९के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

अर्थ मन्त्रालयद्वारा प्रेषित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको सङ्ख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस