देशभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त, १३ को मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त, १३ को मृत्यु


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २१११ जना कोरोना भाइरसलाई जितेर घर फर्किएक छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

त्यस्तै, कोरोना भाइरस संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस