सन्दीप कोरोनामुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सन्दीप कोरोनामुक्त


प्रशासन संवाददाता

१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। सन्दीपले आफू कोरोना मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै सेल्फ आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन्। अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग सुरु हुँदैछ। उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन्। यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन्।

Tags :
प्रतिक्रिया दिनुहोस