२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षौँदेखि कार्यालय प्रमुखसहित ९ दरबन्दी रिक्त, कर्मचारी पठाइदिने आश्वासन मात्रै

अ+ अ-

लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्त्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।

यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले जानकारी दिए । कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्य अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यसमेत प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताए ।

सो कार्यालयमा एक प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, १० नायब सुब्बा, चार खरिदार, एक लेखापालसहित २७ जनाको दरबन्दी रहे पनि विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, चार नायब सुब्बा तथा दुई जना खरिदार रिक्त छन् ।

हाल सो कार्यालयमा छ नायब सुब्बा, दुई खरिदार, करारमा रहेका तीन कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले सेवाग्राहीलाई सेवा पुर्‍याउँदै आएका छन् । ‘कार्यालयमा दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ’, निमित्त प्रमुख चौधरीले भने, ‘एकातिर कर्मचारीको अभाव छ अर्कोतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पुर्‍याउन असाध्यै कठिनाइ भइरहेको छ ।’

कार्यालयमा वर्षौँदेखि रिक्त रहेका कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी तथा विभागमा जानकारी गराइसके पनि कर्मचारी पठाइदिने आश्वासन मात्र पाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस